samajikkhabar.com

काठमाडौं : भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ८७८ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।   

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५५ हजार ७९४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०१ पुगेको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा भारतमा ९४५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९५ हजार १३२ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४९१ पुगेको छ ।  

samajikkhabar.com