samajikkhabar.com

हङकङ : हङकङले आफ्नो आर्थिक मन्दीबाट प्रभावित अर्थव्यवस्थामा सुधार ल्याउन करिब ७० लाख मानिसलाई नगद उपलब्ध गराउने भएको छ । लामो समयदेखिको आन्दोलन र पछिल्लो समय कोरोना भाइरसको प्रकोपका कारण हङकङको अर्थव्यवस्थामा निकै गिरावट आएको थियो । 

एसियन फाइनान्सियल हबले बुधबार जनाएअनुसार १२० बिलियन हङकङ डलर अर्थात् १५ दशमलव ४ बिलियन अमेरिकी डलरबराबरको प्रोत्साहन प्याकेज वितरण गर्न लागिएको बताएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई प्रतिव्यक्ति एक हजार २८० अमेरिकी डलरका दरले नगद वितरण गर्न लागिएको बताएको छ । यस कार्यक्रमबाट ७० लाख मानिस लाभान्वित हुने भएका छन् । 

वित्तमन्त्री पल चानले पनि १५ वर्षयताकै पहिलो बजेट घाटाको रेकर्ड भएको बताएका छन् । यो अवस्था थप कमजोर हुँदै जानेप्रति उनले चिन्ता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षको बजेट घाटाका कारण कुल गार्हस्थ उत्पादमा ४ दशमलव ८ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ । 

“हङकङको अर्थतन्त्रले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको छ,” वित्तमन्त्री चानले भने, “आगामी दिन पनि आशाजनक देखिएका छैनन् ।”  –सीएनएन

samajikkhabar.com