samajikkhabar.com

इरान, बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै १७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी जहाज दुर्घटना इरानी क्षेप्यास्त्र आक्रमणबाट भएको त्यहाँको सेनाले स्वीकार गरेको छ।

इरानी सेनाले मानविय त्रुटिका कारण सो घटना हुन पुगेको त्यहाँको सरकारी टेलिभिजनबाट शनिबार स्वीकार गरेको हो।

इरानी सेनाका अनुसार सो जहाज इरानको रिभुल्सेनरी गार्डको संवेदनशिल सैन्य इलाका नजिकै भएर उडेको थियो।

सेनाले आफ्नो वक्त्व्यमा सो घटनामा संलग्नलाई सैन्य कानुन अनुसार कारवाही गरिने जनाएको छ।

इरानी सेनाले सो वक्त्वयमा घटनामा मारिने सबैका परिवारप्रति गहिरो शोक व्यक्त गरेको छ।

दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो।

यसअघि इरानले सो जहाज आफूहरुले नखसालेको बताउँदै आएको थियो जबकी अमेरिका र क्यानडाले सो प्लेन मिसाइल हमलाबाट नै खसाइएको दाबी गर्दै आएका थिए।

samajikkhabar.com