samajikkhabar.com

बीबीसी । अमेरिकाले इरानसंग विनासर्त वार्ता गर्न आफु तयार रहेको बताएको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रमा यस्तो कुरा उल्लेख गरेको हो । आफ्ना र्शीष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको ह त्या पछि अमेरिका र इरानबीचको सम्बन्ध थप चिसो भएको छ । केही वर्ष यता अमेरिका र इरानको सम्बन्ध बिग्रदै आएको थियो ।

केही दिनयता दुई देशबीच त नाव चुलिएको भए पनि अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा सुलेमानीको ह त्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ। इरानले सो ह त्याको प्र ति शोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षे प्या स्त्र प्र हार गरेको थियो। इरानले पनि सो आ क्र मण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ।

सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे। उनलाई इरानको नीतिनिर्माताका रूपमा हेरिएको थियो । उनको निधन पछि इरान अमेरिकासंग निकै रु ष्ट छ । सुलेमानीको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए। त्यतीबेला अमेरिकासंग बदला लिने बताएका थिए ।

सुलेमानीसँग इराकी वि द्रोही समूहका नेता पनि मा रि एको र इरानसमर्थित ती समूहले पनि ब दला लिने बताएका छन्। तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आ क्र मण नगर्न भनेको बताएका छन्।

अमेरिकी संसद्को तल्लो सदनमा बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध यु द्ध स्वीकृत गर्ने अधिकार निय न्त्र ण गर्ने सम्बन्धमा मतदान हुँदैछ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप ख त रामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तना वलाई रोक्ने उद्देश्य’ले वार्ता गर्न तयार रहेको बताएकी छन्।

सुलेमानीको ह त्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ। सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि का र बाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ।

उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप का र बाही गर्ने लेखिएको छ। इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आ क्र मण लाई उचित ठहर्योएको छ। इरानका दूत माजिद तख्तले तेहरानले यु द्ध नचाहेको बताएका छन्।

samajikkhabar.com