samajikkhabar.com
kashmirr india and pakistan

जम्मू कश्मीरस्थित भारत पाकिस्तानको नियन्त्रण रेखामा भएको भिडन्तमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गुण्डिशत गाउँ र तंगधार क्षेत्रमा शनिवार रातिदेखि भएको भीडन्तमा उनीहरु मारिएका हुन् ।

भिडन्तमा दश जना पाकिस्तानी सैनिकको मृत्यु भएको भारतीय सेनाले दाबी गरेको छ । पाकिस्तानले भने भारतीय सेनाका ९ जना मारिएको दाबी गरेको छ । भिडन्तमा भारतीय दुई सुरक्षाकर्मी र एकजना सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।

मृत्यु हुने दुबै जना नेपाली मूलका गोर्खा सैनिक पदमबहादुर श्रेष्ठ र गमिलकुमार श्रेष्ठ रहेका छन् । उनीहरु नेपाली हुन या हैनन भन्ने खुलेको छैन । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

samajikkhabar.com