samajikkhabar.com
अमेरिका र चीनबीच कुटनीतिक सम्बन्धमा दरार

अमेरिका र चीन बीच कुटनीतिक सम्बन्धमा दरार देखिएको छ । अमेरिकाले चिनियाँ कुटनीतिज्ञका लागि कडाइ गरेपछि यस्तो देखिएको हो । अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञले अमेरिकी अधिकारीहरुसँग भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनु पर्नेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यहाँका अनुसन्धान केन्द्र वा शैक्षिक संस्था भ्रमण गर्दा पनि चिनियाँ कुटनीतिज्ञले अग्रिम दरखास्त दिनुपर्ने छ । तर चीनले यस्तो नियमको प्रतिवाद गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय नियम नै उल्लंघन गरेको जनाएको छ ।

दुई देशबीच पछिल्लो समय तनाब बढिरहँदा अमेरिकाले यस्तो नियम ल्याएको हो । जुन अनुसन्धान तथा औपचारिक भ्रमण, भेटवार्ताका क्रममा लागु हुनेछ । चीनले अमेरिकी नियममा कडा असन्तुष्टि जनाएपछि चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध थप कमजोर बन्ने टिप्पणी हुन थालेको छ ।

चीनमा रहेका अमेरिकी कुटनीतिज्ञको संख्या भन्दा अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञको संख्या धेरै छ ।

samajikkhabar.com