
इराकको राजधानी बगदादस्थित अमेरिकी राजदूतावास नजिकै दुईवटा रकेट आक्रमण भएको छ ।
यस्तो आक्रमण कसले किन गराएको भन्ने खुलेको छैन । अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन । दूतावास रहेको स्थान ग्रिनजोनमै उक्त हमला भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार दूतावासको भवनबाट एक माइलभन्दा पनि थोरै दूरीमा रकेट खसालिएको थियो ।
घटनामा कोही पनि घाइते भएका छैनन् । १ सय एमएमका दुई रकेट मध्यरातमा आक्रमण गरिएको हो । इराकमा अमेरिकी दूतावास भएको ठाउँलाई अति उच्च सुरक्षित क्षेत्र मानिन्छ ।