samajikkhabar.com
ronaldinho coming out of retirement

ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । उनले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने भएका छन् । २०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फेरि मैदानमा फर्कने भएका हुन् । विश्व फुटबलमा सफल फुटबलरको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन । उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने भएका छन् ।

यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।

samajikkhabar.com