samajikkhabar.com
अमेरिका र तालिबानी समूहबीच सहमतिको तयारी भइरहँदा तालिबानी समूहले १० जानाको ज्यान जाने गरि अफगानिस्तानमा फेरि अर्को हमला गरेको छ

अमेरिका र तालिबानी समूहबीच सहमतिको तयारी भइरहँदा तालिबानी समूहले १० जानाको ज्यान जाने गरि अफगानिस्तानमा फेरि अर्को हमला गरेको छ । बिहीबार बिहान मात्रै तालिबानी समूहले अमेरिकी राजदूतावास नजिकै गरेको बम हमलामा १० जनाको ज्यान जानुका साथै ४० जना घाइते भएका छन् । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी गरिरहँदा तालिबानी समूहले एक साताको अन्तरमै दुई शक्तिशाली हमला गरिसकेको छ । यहाँका अधिकारीहरुका अनुसार काबुलस्थित अमेरिकी दूतावास नजिकै कार बम आक्रमण गरिएको थियो । घाइतेहरुलाई अहिले नजिकैका अस्पतालमा लगिएको छ । तालिबानीले उक्त हमला विदेशी प्रतिनिधिहरुलाई लक्षित गरिएको जनाएका छन् । अमेरिकी प्रतिनिधिसँग तालिबानको चरणवद्ध वार्ता भइसकेको छ । अमेरिकी राजदूतले नै यही साता आफ्ना सेना फिर्ता लैजाने भन्दै सहमतिको विवरण नै सार्वजनिक गरेका थिए ।

samajikkhabar.com