
भारतमा उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अन्य ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पञ्जावको गुर्दासपुर अन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दा लगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा बिष्तृत विवरण आउन भने बाँकी नै रहेको छ ।