
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनलाई घृणायोग्य ब्यक्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्री मेट्टेले जमिन सम्बन्धी सम्झौताका लागि अमेरिकाले गरेको प्रस्ताव बेतुकको भन्दै खारेज गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।
डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो नभई अमेरिकी नागरिकको अपमान गरेको ट्रम्पको आरोप छ । अमेरिकी राष्ट्रपति ट्रम्पले डेनमार्कको अधिनमा रहेको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड किन्ने बताएका थिए ।
तर त्यसलाई डेनमार्कले अस्वीकार गरेको थियो । मेट्टेको प्रतिक्रियापछि ट्रम्पले सेप्टेम्बर दुईवाट गर्न लागेको डेनमार्क भ्रमण समेत रद्द गरेका छन् । एकाएक भ्रमण रद्द गरेको र त्यसमा अपनाएको प्रक्रियाले अचम्ममा परेको डेनमार्कले जनाएको छ ।