samajikkhabar.com
pakistan and india - singhadurbar daily
भारतद्वारा पाकिस्तानलाई निर्णयहरु माथि पुनर्विचार गर्न आग्रह

भारतले पाकिस्तानलाई हाल सम्म लिएका निर्णयहरु माथि एक पटक पुनर्विचार गर्न आग्रह गरेको छ । पाकिस्तान सरकारले भारतसँगको व्यापारसँगै अन्य कूटनीतिक सम्बन्ध अन्त्य गरेको विषय माथि पाकिस्तानलाई पुनर्विचार गर्न भनेको हो । पाकिस्तानले भारतसँगको सम्बन्ध तोड्नको लागि अघि सारेको कारण तथ्यसँग मेल नखाएको पनि भारतको दावी छ ।

भारतले जम्मू कश्मीरलाई दिएको विशेष राज्यको अधिकार खोसेको भन्दै पाकिस्तानले त्यसको निन्दा गर्दै आएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले वक्तब्य जारी गर्दै पाकिस्तानको कदम प्रति खेद व्यक्त गरेको छ । भारतले भनेको छ हामी पाकिस्तानलाई फैसलाको पुनविचार गर्न आग्रह गर्छौ ताकि पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध सामान्य होस् । साथै जम्मू कश्मीरको विकासको लागि चालिएको कदमलाई नकारात्मक नलिन समेत अग्रह गरेको छ र अन्तराष्ट्रिय निकायसँग पनि यो भारतको आन्तरिक मामीला भएकोले हस्तक्षेप नगर्न पनि भनेको छ ।

samajikkhabar.com