samajikkhabar.com

राशिफल चैत्र 03, २०७६ – 16 March, 2020, सोमवार
बि.सं.
चैत ०३, २०७६
इ.सं.
16 March, 2020

उत्तरायण
वसन्त
सोमवार

तिथि
सप्तमी, ०९:१७:५४ बजे उप्रान्त अष्टमी
नक्षत्र
मूल, १६:४३:११ बजे उप्रान्त पूर्वाषाढा
योग
व्यतीपात, १८:४५:१८ बजे उप्रान्त वरियान्
करण
वालव ०९:१७:५४ बजेदेखि कौलव, २०:४३:४७ बजे उप्रान्त वणिज
चन्द्रराशि
वृश्चिक
आनन्दादी योग
दिनमान
सूर्योदय
०६:१२ AM
सूर्यास्त
०६:१३ PM

मेष– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।


वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।


मिथुन– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।


कर्कट– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला ।

सिंह– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन ।


कन्या– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला ।

तुला– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।


वृश्चिक– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।


धनु– स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।

मकर– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।

कुम्भ– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।

मीन– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला ।

samajikkhabar.com