samajikkhabar.com

पञ्चाङ्ग
वि.सं. २०७६ फागुन ९। शुक्रबार। इ.स.
२०२० फेब्रुवरी २१। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष।
त्रयोदशी, १७:४० उप्रान्त चतुर्दशी।
नक्षत्र– उत्तराषाढा, १०:०० बजेउप्रान्त
श्रवण। योग– व्यतीपात, ८:०९ बजेउप्रान्त
वरियान्। करण– वणिज, १७:४० बजेदेखि
भद्रा, ३०:०५ बजेउप्रान्त शकुनि।
आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि–
मकर। काठमाडौंमा सूर्योदय– ६:३९ बजे,
सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी
७ पला। महाशिवरात्रि व्रत। शिलाचह्रे
पूजा। पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत
शिवालयहरूमा धार्मिक मेला।
सर्वार्थसिद्धियोग १०:०० देखि १७:४०
बजेसम्म र ३०:०५ बजेपछि।


मेष– समय मध्यमस्तरको छ । कुनै नयाँ
समाचारले खिन्नता पनि बढ्न सक्छ ।


वृष– छर–छिमेकमा भने केही असमझदारी बढ्ने
योग छ, तर खास हानि पुग्दैन ।


मिथुन– धार्मिक तथा परोपकारजन्य
क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर,
शारीरिक अस्वस्थताको सम्भावना छ।


कर्कट– काममा केही चुनौती देखिए पनि
प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ
होला ।


सिंह– परिवारजनमा असमझदारी बढ्नेछ,
मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।


कन्या– धन मान पाउने योग छ । नोकरि तथा
राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ ।


तुला– सामाजिक उत्तरदायित्व हासिल हुने
योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने
मौका छ ।


वृश्चिक– बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले
सृजनात्मक काममा सफलता पाइने छ ।


धनु– घरायसी सम्पत्तिको चिन्ताले सताउन
सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका
कारण तनाव सिर्जना हुन्छ ।


मकर– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा
फाइदा होला ।


कुम्भ– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै
भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त
रही विश्राम पाइनेछ ।


मीन– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा
दिन बित्नेछ । नयाँ कामका स्रोत फेला
पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ

samajikkhabar.com