samajikkhabar.com

राशिफल फाल्गुण 8, २०७६ – 20
February, 2020, बिहीवार
द्वादशी – सामाजिक न्याय दिवस/ प्रदोष
व्रत
पञ्चाङ्ग
वि.सं. २०७६ फागुन ८। बिहीबार। इ.स.
२०२० फेब्रुवरी २०। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष।
द्वादशी, १७:१२ उप्रान्त त्रयोदशी।
नक्षत्र– पूर्वाषाढा, ९:०८ बजेउप्रान्त
उत्तराषाढा। योग– सिद्धि, ९:०६
बजेउप्रान्त व्यतीपात। करण– तैतिल,
१७:१२ बजेदेखि गर, २९:२२ बजेउप्रान्त
वणिज। आनन्दादिमा धाता योग।
चन्द्रराशि– धनु, १५:१८ बजेउप्रान्त मकर।
काठमाडौंमा सूर्योदय– ६:४० बजे,
सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी
३ पला। प्रदोष व्रत।


मेष– विश्वासपात्रबाटै धोका हुने देखिन्छ ।
जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र
आपूलाई समेत रोगले सताउने दिन छ ।


वृष– सवारी साधनको प्रयोग होसियारी
साथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा
सामान्य प्रगति हुने दिन रहेको छ ।


मिथुन– घरमा मंगलमय कार्य सम्पादन हुनेछन् ।
धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।


कर्कट– उद्योग तथा व्यापारमा राम्रै लाभ
मिल्ने देखिन्छ । अध्ययनका लागि
विदेशयात्राको सम्भावना समेत रहेको छ ।


सिंह– घरायसी समस्या बढ्ने, पढाइमा बाधा,
काममा अवरोध र आफन्तसग मनमोटाव बढ्ने
जस्ता समस्या आउन सक्छन् ।


कन्या– प्रतिस्पर्धाहरूमा विजयी भइनेछ,
लामो समयदेखि रोकिएका कामसमेत सहजै
सम्पादन हुनेछन् ।


तुला– नयाँ रोजगारको अवसर मिल्नेछ ।
व्यापार–व्यवसायमा उन्नति हुनेछ ।
आयआर्जनका नया स्रोतहरू थपिनेछन् ।


वृश्चिक– खर्च गर्नुपरे वैदेशिक यात्राबाट
लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको
लगानीले फाइदै होला ।


धनु– अनावश्यक खर्च र धनहानिको योग छ ।
साथै कहि दण्ड जरिवाना समैत पाइएला सचेत
रहनु होला ।,


मकर– नयाँ नोकरी, पदोन्नति वा अनुकूल
स्थानान्तरण सम्भावित छ । मानसम्मान
पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।


कुम्भ– लगानीको प्रतिफल प्रशस्त मिल्नेछ,
कृषि उत्पादन बढ्नेछ साथै एक्लोपनाको
अनुभूति पनि होला ।


मीन– टाढाको यात्रा, धर्मकर्म वा मंगलमय
कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय
विस्तार एवं नयाँ रोजगारको अवसर पनि
मिल्ला ।

samajikkhabar.com