samajikkhabar.com

राशिफल फाल्गुण ७, २०७६ – 19
February, 2020, बुधवार
एकादशी – प्रजातन्त्र दिवस/ विजया
एकादशी व्रत
पञ्चाङ्ग
वि.सं. २०७६ फागुन ७। बुधबार। इ.स.
२०२० फेब्रुवरी १९। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष।
एकादशी, १७:१६ उप्रान्त द्वादशी।
नक्षत्र– मूल, ८:४६ बजेउप्रान्त पूर्वाषाढा।
योग– वज्र, १०:२८ बजेउप्रान्त सिद्धि।
करण– वालव, १७:१६ बजेदेखि कौलव,
२९:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा
ध्वज योग। चन्द्रराशि– धनु। काठमाडौंमा
सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६
बजे र दिनमान २८ घडी ९ पला। विजया
एकादशी व्रत। राष्ट्रिय प्रजातन्त्र दिवस।


मेष– भूमि, घर अथवा वाहन प्राप्तिको योग
छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न
सक्छ सावधान रहनु होला ।


वृष– आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि
र पशुपालनमा सामान्य फाइदाको योग रहेको
छ ।


मिथुन– रुपैयापैसाको कारोबार हुने दिन
रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर
मिल्ने देखिन्छ ।


कर्कट– परिवारजन, बन्धुबान्धव वा
इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै
परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।


सिंह– उत्तम रोजगारी मिल्नेछ र नोकरीमा
पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल
परिवर्तन होला ।


कन्या– बौद्धिक वा शैक्षिक क्रियाकलापमा
प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट
आर्थिक लाभ पनि होला ।


तुला– सहयोगीहरूबाट उचित सहयोग पाइनेछ,
पारिवारिक असमझदारी र बन्धुबान्धब संग
मनमुटाव पनि होला ।


वृश्चिक– केही विरोध र आँटेको समयमा काम
अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च
हुने दिन रहेको छ ।


धनु– पढाइलेखाइमा राम्रो नतिजा देखाउन
सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा
उत्साह जाग्नेछ ।


मकर– सन्तानबाट फाइदा र सुख मिल्ने योग छ
। रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै
बित्ला ।


कुम्भ– मानहानि वा अपजशको सम्भावना छ,
कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।


मीन– लगानीको प्रतिफलमा कमी र
साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ
होस पुर्याउनु होला ।

samajikkhabar.com