samajikkhabar.com



राशिफल माघ २०, २०७६ – 3 February,
2020, सोमवार
नवमी – द्रोणनवमी
पञ्चाङ्ग
वि.सं. २०७६ माघ २०। सोमबार। इ.स.
२०२० फेब्रुवरी ३। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष।
नवमी, १७:२४ उप्रान्त दशमी। नक्षत्र–
कृत्तिका, २१:३६ बजेउप्रान्त रोहिणी।
योग– ब्रह्म, २७:२९ बजेउप्रान्त ऐन्द्र।
करण– कौलव, १७:२४ बजेदेखि तैतिल,
२९:४५ बजेउप्रान्त गर। आनन्दादिमा स्थिर
योग। चन्द्रराशि– वृष। काठमाडौंमा
सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४
बजे र दिनमान २७ घडी १ पला। द्रोण–
नवमी। सर्वार्थसिद्धि योग २१:३६
बजेदेखि।

मेष– प्रतिस्पर्धी परास्त होलान् । सानो
प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ
। कृषिकर्म र व्यावसायिक काममा भने केही
चुनौती सामना गर्नपर्ला । मान–सम्मान
बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने
योग छ।


वृष– परिवारजन तथा बन्धु–बान्धवबीच
आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट
लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र
विगतका कमजोरीलाई सुधार गर्न मौका छ ।


मिथुन– स्वास्थ्य सबल रहनेछ र काममा पनि
फाइदाको योग छ। व्यापारमा भने कम मात्र
फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट
राम्रो लाभ मिल्ने योग छ। सन्तान वा
अनुयायीले प्रसन्नता दिलाउनेछन् ।


कर्कट– विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ
दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको
श्रमबाट प्रशस्त धन लाभ हुनेछ।


सिंह– कर्मफल र अधिकारका लागि अलि
प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको
चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला
। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन
सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको
योग छ ।


कन्या– रोकिएका काम सम्पादन हुनेछन् ।
पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–
समारोहमा सहभागी बन्ने मौका छ ।
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–
विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ।


तुला– वैदेशिक यात्रामा पनि लाभा मिल्नेछ।
द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा
विजयी भइनेछ । व्यावसायिक काममा राम्रै
फाइदाको योग छ ।


वृश्चिक– दिन उत्साहपूर्ण रहला। सुखद
समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति
हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी
भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका
छ।


धनु– पारिवारिक जमघटमा मन रमाउनेछ । मन
पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग
छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
कामबाट फुर्सद मिल्नेछ।


मकर– केही विवादमा समेत परिने योग छ, सचेत
रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा
अलि सावधानी अपनाउनुपर्ला ।


कुम्भ– काममा मातापिताको सहयोग प्राप्त
होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ
काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति
जोड्ने समय छ ।


मीन– सहयोगीहरूले साथ दिनेछन् र काममा
सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात
हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ
। पराक्रम र उत्साह बढ्नेछ । उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।



samajikkhabar.com