samajikkhabar.com

राशिफल माघ १९, २०७६ – 2 February,
2020, आइतवार
अष्टमी – अष्टमी व्रत/ भीष्माष्टमी व्रत/
गोरखकाली पूजा/ विश्व सिमसार दिवस
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १९। आइतबार। इ.स.
२०२० फेब्रुवरी २। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष।
अष्टमी, १६:२१ उप्रान्त नवमी। नक्षत्र–
भरणी, २०:०६ बजेउप्रान्त कृत्तिका। योग–
शुक्ल, २८:०० बजेउप्रान्त ब्रह्म। करण– वव,
१६:२१ बजेदेखि वालव, २८:५६ बजेउप्रान्त
कौलव। आनन्दादिमा कालदण्ड योग।
चन्द्रराशि– मेष, २६:३१ बजेउप्रान्त वृष।
काठमाडौंमा सूर्योदय– ६:५२ बजे,
सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी
८ पला। अष्टमी व्रत। गोरखकाली पूजा।
भीष्माष्टमी।


मेष– हाड जोर्नीको समस्याले निकै सताउनेछ ।
आर्थिक कारोबारमा पनि समस्या आउनेछ ।
धार्मिक कार्यमा खासै रुचि नहोला ।


वृष– शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै
मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन
सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने
गर्नुहोला ।


मिथुन– चरित्रसम्वन्धी आरोप आउन सक्ने
भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु
हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने
अवसर प्राप्त होला ।


कर्कट– माता, पिता र सन्तानसँगको मतभेद
अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ, आजको
कुनै निर्णय खराब हुनसक्छ निर्णय गर्दा अलि
विचार गर्नुपर्ला ।


सिंह– नगद सहयोग गर्न बन्द गर्नुहोला,
बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय
व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका
बाध्यता धेरै आइपर्ने छन् ।


कन्या– धार्मिक कार्यमा मन नजाने, भाग्यले
साथ नदिने, विश्वास घात हुने भएकोले
गोपनीयतामा एकदमै सावधान रहनु पर्ला ।


तुला– घर तथा सवारी साधन जोड्ने अवसर
मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर
हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता
प्राप्त हुनेछ ।


वृश्चिक– हड्डी, नसा र पेटका समस्या बढ्ने
हुनाले खानपानमा एकदम नै सजक रहनु होला ।
गोपनियतामा निरन्तर रहनु उचित छ ।


धनु– पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु
समस्याले सताउने, मित्र र आफन्तहरुले धोका
दिने भएकोले मन चिन्तित हुनेछ ।


मकर– नोकरी तथा राजनीतिमा गरेका
प्रयासहरू सकारात्मक रहनेछन । कही
मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन
सक्छ ।


कुम्भ– बोलीको प्रभावमा अरुलाई विश्वास
दिलाउन सफलभई आफ्नो कार्य अघि बढान
सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा
अगाडीबढ्नेछन् ।


मीन– आम्दानी सिमित हुनाले आर्थिक
कठिनाई आउन सक्छ । निरर्थक यात्रा
गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा
खटपट भइरहने हुनसक्छ ।

samajikkhabar.com