samajikkhabar.com

राशिफल माघ १८, २०७६ – 1 February,
2020, शनिवार
सप्तमी – अचला सप्तमी/ मन्वादि/ लगलाचुयके
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १८। शनिबार। इ.स.
२०२० फेब्रुवरी १। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष।
सप्तमी, १४:५१ उप्रान्त अष्टमी। नक्षत्र–
अश्विनी, १८:०९ बजेउप्रान्त भरणी। योग–
शुभ, २८:१० बजेउप्रान्त शुक्ल। करण– वणिज,
१४:५१ बजेदेखि भद्रा, २७:३९ बजेउप्रान्त
वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि–
मेष। काठमाडौंमा सूर्योदय– ६:५३ बजे,
सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी
४ पला। अचला सप्तमी। रथ सप्तमी।
मन्वादि। लगलाचुयके।


मेष– परिवारजन तथा बन्धु–बान्धवबीच
आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट
लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र
विगतका कमजोरीलाई सुधार गर्न मौका छ ।


वृष– स्वास्थ्य सबल रहनेछ र काममा पनि
फाइदाको योग छ। व्यापारमा भने कम मात्र
फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट
राम्रो लाभ मिल्ने योग छ। सन्तान वा
अनुयायीले प्रसन्नता दिलाउनेछन् ।


मिथुन– विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ
दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको
श्रमबाट प्रशस्त धन लाभ हुनेछ।


कर्कट– कर्मफल र अधिकारका लागि अलि
प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको
चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला
। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन
सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको
योग छ ।


सिंह– रोकिएका काम सम्पादन हुनेछन् । पठन–
पाठनमा प्रगति हुनेछ । विशेष सभा–
समारोहमा सहभागी बन्ने मौका छ ।
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–
विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ।


कन्या– वैदेशिक यात्रामा पनि लाभा
मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–
मामिलामा विजयी भइनेछ । व्यावसायिक
काममा राम्रै फाइदाको योग छ ।


तुला– दिन उत्साहपूर्ण रहला। सुखद समाचार
सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।


वृश्चिक– पारिवारिक जमघटमा मन रमाउनेछ
। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने
योग छ। स्वादिष्ट भोजनको आनन्द समेत
पाइएला । कामबाट फुर्सद मिल्नेछ।


धनु– केही विवादमा समेत परिने योग छ, सचेत
रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध
बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा
अलि सावधानी अपनाउनुपर्ला ।


मकर– काममा मातापिताको सहयोग प्राप्त
होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ
काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति
जोड्ने समय छ ।


कुम्भ– सहयोगीहरूले साथ दिनेछन् र काममा
सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात
हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ
। पराक्रम र उत्साह बढ्नेछ । उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।


मीन– प्रतिस्पर्धी परास्त होलान् । सानो
प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ
। कृषिकर्म र व्यावसायिक काममा भने केही
चुनौती सामना गर्नपर्ला । मान–सम्मान
बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने
योग छ।

samajikkhabar.com