samajikkhabar.com

राशिफल माघ १४, २०७६ – 28 January,
2020, मङ्गलवार
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १४। मंगलबार। इ.स.
२०२० जनवरी २८। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष।
चतुर्थी, ३२:४२ उप्रान्त पञ्चमी। नक्षत्र–
शतभिषा, ८:१० बजेउप्रान्त पूर्वभाद्रपदा।
योग– परिघ, २६:३५ बजेउप्रान्त शिव।
करण– वणिज, १९:३८ बजेदेखि भद्रा,
३२:४२ बजेउप्रान्त वव। आनन्दादिमा मृत्यु
योग। चन्द्रराशि– कुम्भ, २८:०३
बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय–
६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र
दिनमान २६ घडी २ पला। पञ्चक। तिलकुन्द
चतुर्थी।


मेष– पतिपत्नीमा अविश्वास बढ्ने योग छ ।
व्यावसायिक यात्रा सम्भावना छ ।
आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन
कसिने बेला छ ।


वृष– परिवारजन तथा बन्धु–बान्धवबीच
आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट
लाभ लिने समय छ ।


मिथुन– गरी आएका काम र व्यापार–व्यवसाय
मा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा
गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा केही खर्च
बढ्नेछ ।


कर्कट– मौकाको फाइदा लिन सकिनेछ । शत्रु
र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा–
मामिलामा विजयी भइएला ।


सिंह– बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ
। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।


कन्या– बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ
। केही विवादमा समेत परिने योग भएकाले
व्यवहारमा सचेत रहनुहोला ।


तुला– महत्वाकांक्षी योजना फलीभूत होलान्
। काममा मातापिताको सहयोग प्राप्त होला
। कृषि–चौपायाबाट लाभ मिल्नेछ।


वृश्चिक– दिन उत्साहपूर्ण रहला । सुखद
समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र
काममा पनि फाइदाको योग छ ।


धनु– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो
लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति
हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।


मकर– स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले
काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो
सिर्जना गर्न सक्छ ।


कुम्भ– टाढाको यात्रा व्यवस्थापनमा खर्च
बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा
परिस्थिति पनि सामना गर्नुपर्ला ।


मीन– सामान्य आम्दानी भइरहनेछ ।
व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल
हराउन सक्छ, सचेत रहनुहोला ।

samajikkhabar.com