samajikkhabar.com

राशिफल माघ १३, २०७६ – 27 January,
2020, सोमवार
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १३। सोमबार। इ.स.
२०२० जनवरी २७। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष।
तृतीया, ३०:३८ उप्रान्त चतुर्थी। नक्षत्र–
शतभिषा, ३२:१० बजेउप्रान्त
पूर्वभाद्रपदा। योग– वरियान्, २६:१०
बजेउप्रान्त परिघ। करण– तैतिल, १७:४१
बजेदेखि गर, ३०:३८ बजेउप्रान्त वणिज।
आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ।
काठमाडौंमा सूर्योदय– ६:५५ बजे,
सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी
८ पला। पञ्चक।

मेष– पारिवारिक सहयोग प्राप्त हुनेछ ।
दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ
तर अनावश्यक यात्राबाट जोगिनु राम्रो
हुन्छ ।


वृष– कल्पना र भावनामा केन्दित भइने छ ।
बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई
नियन्त्रणमा राख्नुहोला ।


मिथुन– पारिवारिक वातावरण पनि तपाईंको
अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग
प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा
पनि फाइदाको योग छ ।


कर्कट– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो
लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति
हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ


सिंह– नयाँ ज्ञान प्राप्त हुने योग छ ।
ठूलाबडाको आशीर्वादले रोकिएको काम
बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला ।


कन्या– परोपकार र धार्मिक क्षेत्रमा
लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका
काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा
पनि हुन सक्छ ।


तुला– कतै लामो दूरीको लाभदायी यात्रा
गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक
उत्तरदायित्व वहन गर्ने समय छ ।


वृश्चिक– तपाईंका सम्पूर्ण उद्यम र
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा
पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने
छ ।


धनु– हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस
परिणाम देखा पर्नेछन् ।


मकर– नयाँ काम र जिम्मेवारी हात पार्ने
मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ ।
आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या
देखा पर्ने देखिन्छ


कुम्भ– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
पारिवारिक सुख मिल्नुका साथै अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न
पाउनु हुनेछ ।


मीन– आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक,
कानुनी वा प्रतियोगितात्मक
क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा
दोधारको अवस्था सिर्जना हुनसक्छ ।

samajikkhabar.com