samajikkhabar.com

राशिफल माघ 10, २०७६ – 24 Jan,
2020, शुक्रवार
औंसी – दर्शश्राद्ध/ आर्यघाटमा माधव-
नारायण मेला/ हलो बार्ने/ निशि बार्ने
पञ्चाङ्ग
वि.सं. २०७६ माघ १०। शुक्रबार। इ.स.
२०२० जनवरी २४। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। औंसी,
२६:२८ उप्रान्त प्रतिपदा। नक्षत्र–
उत्तराषाढा, २६:२९ बजेउप्रान्त श्रवण।
योग– वज्र, २६:३१ बजेउप्रान्त सिद्धि।
करण– चतुष्पद, १४:१० बजेदेखि नाग,
२६:२८ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा
आनन्द योग। चन्द्रराशि– धनु, ७:४२
बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय–
६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र
दिनमान २६ घडी ० पला। दर्शश्राद्ध। हलाे
बार्ने, निशि बार्ने औंसी। आर्यघाटमा
माधवनारायण मेला। नवलपरासीमा त्रिवेणी
मेला।


मेष– कृषि, पशुधन र अचल सम्पत्तिको
उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय
छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।


वृष– खर्चको मात्रा बढ्ने देखिन्छ ।
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै
कमजोरीले विवादमा परिनेछ ।


मिथुन– स्वादिष्ट भोजनमा मन रमाउनेछ।
अध्ययनमा मन नलागे पनि आत्म–विश्वास
बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् ।


कर्कट– भेटघाटको अलमलले नोक्सान पुर्याउन
सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत
गर्न नसक्दा केही पछि परिनेछ ।


सिंह– रोकिएका काम बन्ने र नयाँ काम सुरु
गर्ने समय छ । उद्योग र व्यापारमा विशेष
फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै
हराउन सकिनेछ ।


कन्या– गरिएका कर्मको उचित प्रतिफल
पाइनेछ । कृषि–चौपायामा केही समस्या
देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।


तुला– बुद्धिको उपयोगले धेरैलाई आफ्नो
पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको
प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक
जमघटमा मन रमाउनेछ।


वृश्चिक– समयको गतिलाई पछ्याउन प्रयत्न
गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको
उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।


धनु– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ
। समय लागे पनि कामसम्पादन हुनेछन् ।
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।


मकर– कामको सन्दर्भमा शक्तिशाली
व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले
काम लिने प्रयत्न गर्नुहोला। विचारलाई
तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।


कुम्भ– नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि
खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा
अवसर गुम्न सक्छ।


मीन– बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत
गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

samajikkhabar.com