samajikkhabar.com

राशिफल माघ 9,2076 – 23 Jan , 2020,
बिहिवार
चतुर्दशी – लैचह्रे पूजा
पञ्चाङ्ग
वि.सं. २०७६ माघ ९। बिहीबार। इ.स.
२०२० जनवरी २३। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष।
चतुर्दशी, २६:०१ उप्रान्त औंसी। नक्षत्र–
पूर्वाषाढा, २५:३० बजेउप्रान्त
उत्तराषाढा। योग– हर्षण, २७:२१
बजेउप्रान्त वज्र। करण– भद्रा, १४:००
बजेदेखि शकुनि, २६:०१ बजेउप्रान्त चतुष्पद।
आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु।
काठमाडौंमा सूर्योदय– ६:५६ बजे,
सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी
७ पला। लैचह्रे पूजा।


मेष– दिगो फाइदाका लागि लगानी बढाउन
सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन
हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता
मिल्नेछ ।


वृष– आटेको काममा सफलता मिल्नेछ । अरुबाट
आलोचना हुने, काममा बाधा आउने, धनमाल
हराउने, सम्भावना पनि रहेको छ ।


मिथुन– समयमा काम पूरा नहुनाले अवसर गुम्न
सक्छ । जिम्मेवारी भने बढिरहनेछन् ।
सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने
सम्भावना छ ।


कर्कट– व्यावसायिक काममा खर्च बढ्नेछ भने
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।


सिंह– नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम
विवाहमा परिणत हुने योग छ । पेटमा गडबड
भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।


कन्या– कामको सन्दर्भमा विशिष्ट
व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला,
साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।


तुला– व्यापार–व्यवसायमा लाग्नेहरूलाई
विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी
बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्।


वृश्चिक– प्रतिस्पर्धामा केही कमजोर सावित
भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ ।
वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन
सकिनेछ ।


धनु– आयआर्जनका स्रोत बढ्नेछन् भने
व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता
पूरा हुनेछन् ।


मकर– काममा स्थानान्तरण हुन सक्छ । लामो
यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ
गर्ने समय छ । साझेदारीमा पनि राम्रो
फाइदा हुनेछ ।


कुम्भ– आर्थिक कारोवार अति आवश्यक
अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा
पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।


मीन– तत्काललाई ठूलो फाइदा नउठे पनि
भविष्यका लागि विशेष काममा जग बसाउने
अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा
पार्न सक्छ ।

samajikkhabar.com