samajikkhabar.com

राशिफल पुष 28 २०७६ – 12 Jan, 2019, सोमवार
पञ्चाङ्ग
वि.सं. २०७६ पुस २८। सोमबार। इ.स. २०२० जनवरी १३। शकसंवत् १९४१।
परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष।
तृतीया, २०:१९ उप्रान्त चतुर्थी। नक्षत्र–अश्लेषा, १२:४३ बजेउप्रान्त मघा। योग–प्रीति, १०:२१ बजेउप्रान्त आयुष्मान्।
करण– वणिज, ९:२० बजेदेखि भद्रा, २०:१९
बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग।
चन्द्रराशि– कर्कट, १२:४३ बजेउप्रान्त
सिंह। काठमाडौंमा सूर्योदय– ६:५८ बजे,
सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी ३ पला।


मेष– व्यवसाय र उद्योगधन्दामा राम्रो
फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा
रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ


वृष– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ ।
साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले
अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।


मिथुन– अस्वस्थताले राजनीतिक तथा
सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ ।
आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले
त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।


कर्कट– दाजुभाइ तथा दिदिबहिनीमा केही
असमझदारी बढ्ने सम्भावना छ । समाजले
बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग
नजिकिनुपलार्् ।


सिंह– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ।
आर्थिक समस्या पनि समाधान हुनेछ ।
शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।


कन्या– विभिन्न अवसरले पछ्याउनेछन् ।
मुद्दामामिला वा कामका विविध
झमेलाहरूबाट पनि केही समयलाई मुक्ति
मिल्नेछ ।


तुला– घर–जग्गा वा स्थायी सम्पत्तिमा
विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित
व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा
समस्या पनि आउन सक्छ ।


वृश्चिक– घर खर्च बढ्नुका साथै व्यापारमा
मन्दी आउने देखिन्छ, तर लामो समयदेखि
रोकिएका काम भने सम्पादन गर्न सकिने दिन
छ ।


धनु– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै
सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त
धन लाभ पनि हुन सक्छ ।


मकर– बहुमूल्य धातु संग्रह गरिएला ।
सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त
हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय
छ ।


कुम्भ– राजनीतिक पहुँच बढ्नेछ । तर पनि
भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने
केही विवाद निस्कन सक्छ, सावधान रहनु
होला ।


मीन– आफ्नै कमजोरीले हातमा आएको अवसर
गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–
सम्मानमा चोट पुग्ने सम्भावना छ ।

samajikkhabar.com