samajikkhabar.com

राशिफल पुस २६, २०७६ – ११ jan, 2020, शनिवार
पञ्चाङ्ग, वि.सं. २०७६ पुस २६। शनिबार। इ.स.२०२० जनवरी ११। शकसंवत् १९४१।
परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु।
ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष।
प्रतिपदा, २३:५७ उप्रान्त द्वितीया।
नक्षत्र– पुनर्वशु, १४:४७ बजेउप्रान्त
तिष्य। योग– वैधृति, १५:३३ बजेउप्रान्त
विष्कम्भ। करण– वालव, १२:३९ बजेदेखि
कौलव, २३:५७ बजेउप्रान्त तैतिल।
आनन्दादिमा छत्र योग। चन्द्रराशि– मिथुन,
८:५७ बजेउप्रान्त कर्कट।

काठमाडौंमा
सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५, बजे र दिनमान २६ घडी ९ पला।


मेष– खर्च गर्दा होस पुर्याउनु होला ।
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला
यसले खर्च पनि गराउन सक्छ ।


वृष– हानी नै नगरे पनि काममा बाधा दिनेले
खासै प्रगती हुन दिदैनन, जागीरमा पनि
समस्या देखा पर्ने देखिन्छ ।


मिथुन– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार
र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ,
यात्रामा भने जोग्गिएर काम गर्नु होला ।


कर्कट– नोकरि तथा राजनितीमा गरेका
प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको
तारिफ गर्न सक्छन ।


सिंह– पेटको खराबीले स्वास्थ्य कमजोर
बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ,
नया कामको थालनी आज नगर्नु होला ।
कन्या– कामको सफलताले थप काम गर्ने हौसला
मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ


तुला– आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।
यात्राको योग रहेको छ, परिवारमा पनि
खुशिको माहोल छाउनेछ ।


वृश्चिक– स्वस्थमा सुधार आउने, पढाइमा मन
लाग्ने साथै सही निर्णय गर्ने योग छ । ।


धनु– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ
लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही
पैसाको हानी पनि होला ।


मकर– अधुराकाम बन्ने तथा नयाँकाम पाउने
योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन
सकिनेछ, दिन सामान्य नै छ ।


कुम्भ– व्यापार तथा उद्योगमा फाइदाको
योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन,
नसोचेको ठाउबाट केहि लाभ होला ।


मीन– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ
। पशुधन र जमिनबाट सामान्य लाभ होला,
ब्यापार भने ठिकै मात्र छ ।

samajikkhabar.com