samajikkhabar.com

काठमाण्डौ – यातायात व्यवसायीले सबै बसपार्कमा हेल्थ डेस्क राख्न माग गरेका छन् । 

यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले देशका विभिन्न बसपार्क, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलङ्की, गोङ्गबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताउनुभयो । 

बजारमा मास्क र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकार स्वयंले सार्वजनिक सवारीका चालक र यात्रुको सुरक्षाकाे लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।

सिटौलाले प्रत्येक गाडीमा कोरोना भाइरससम्बन्धी सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो । 

samajikkhabar.com