samajikkhabar.com

काठमाण्डौ : कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई अस्पताल भर्ना गरिएको छ । 

कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट भएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । 

अस्पतालका प्रवक्ता अनुप बास्तोलाले उनीहरुलाई ज्वरो र रुघाखोकी लागेकाले उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले रुघाखोकी र ज्वरो आएका अन्यको पनि उपचार थालिएको छ ।

कोरोना भाइरसको  लक्षण मौसमी रुघाखोकी जस्तै भएकाले नआत्तिन तर सावधानी अपनाउन डाक्टरले आग्रह गर्दै आएका छन् । 

samajikkhabar.com