samajikkhabar.com

गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्वले पुरुषमा शुक्रकीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ । प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ ।
यूनिभर्सिटी अफ शेफील्डसँग आबद्ध पोषणविद् डा. लिज विलीअम्जको नेतृत्वमा भएको शोध युरोपियन जर्नल अफ न्यूट्रिशनमा प्रकाशित भएको सामाग्री अनुसार अध्ययन लाइकपीन उत्पादन गर्ने कम्पनीले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको थियो । बाह्र हप्ता चलेको परीक्षणमा ६० जना सहभागी भएका थिए ।

सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ । बाँझोपनको समस्या भएका पुरुषलाई स्वस्थ जीवनशैली अवलम्बन गर्न तथा खुकुलो भित्रीलुगा लगाउन सल्लाह दिने गरेको पाइन्छ । अध्ययनमा संलग्न एक चिकित्सकले भने “हामी उनीहरूलाई मदिरा सेवन घटाउन र स्वस्थकर खानेकुरा खान भन्छौं तर यी सामान्य सुझाव मात्र हुन् ।” बाझोपन सम्बन्धी थप अनुसन्धानका क्षेत्रहरु स्थापना गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीले लेखेका छन् ।

samajikkhabar.com