samajikkhabar.com

काठमाडौं: बर्दिया, नवलपरासी (पूर्व), कास्की, चितवन र झापामा पाँचजना मृत फेला परेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, कालिकास्थान ओखलेको पधेंरोस्थित खोंचमा सोही ठाउँका २९ वर्षीय वृहस्पति भनेर चिनिने विनोद अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका ८, पशुहाट बजारनजिकै भादा नदीमा बारबर्दिया नगरपालिका १ का २२ वर्षीय विनोद चौधरी मृत फेला परेका छन् ।

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका १, नारायणी नदीनजिकै खोल्सामा परिचय नखुलेकी एक महिला मृत फेला परेकी छन् ।

चितवनको भरतपुर महानगरपालिका ४, शिवघाटस्थित नारायणी नदी किनारमा परिचय नखुलेको करिब ३२ वर्षीय पुरुष  मृत फेला परेका छन् ।

यस्तै झापाको कचनकवल गाउँपालिका १, घेराबारीस्थित अदुवा खोलाको किनारामा सोही ठाउँका ५९ वर्षीय गोविन्द लिम्बू मृत फेला परेका छन् । आइतबार बिहान घरबाट गाईवस्तु सार्न उक्त खोलामा गएका उनलाई खोलाले बगाई बेपता भएको खबरपछि प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोला किनारमा उनको शव फेला परेको हो ।

samajikkhabar.com