samajikkhabar.com

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका कार्यालयका एक शाखा अधिकृतले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको खुलेको छ । मंगलबार शाखा अधिकृत शिव सुवेदीले गाउँपालिकाको जिप सिक्दा भएको दुर्घटनामा एक नाबालकको ज्यान गएको थियो ।

सरकारी गाडीको दुरुपयोग गर्दै अधिकृत सुवेदीले ग १ ज ३८९ नम्बरको जिप हुइँक्याउँदा हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ को एउटा घरको  अाँगन मा बसेको चार जनालाई ठक्कर दिएका थियोे दुर्घटनामा स्थानीय ७ वर्षीय दिपु गाहा मगरको मृत्यु भएको थियो ।

अन्य ३ जना घाइते भएका थिए। घाइते खतरामुक्त छन् । उनीहरुको उपचार भइरहेको छ।

samajikkhabar.com