samajikkhabar.com

भैरहवा, । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

बुधबार बुटवल उपमहानगरपालिकाको नयाँगाउँ चोकमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको पाँच हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

samajikkhabar.com