samajikkhabar.com


    काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट भारत विहारका २४ वर्षीय दिलीप साहलाई नियन्त्रित लागूऔषध फेनरागन ६ सय ५० एम्पुल, डाइजेपाम ६ सय ५० एम्पुल र नुर्फिन ६ सय ५० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७ ख ५३७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार साहलाई झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।


    नबलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ हरकट्टास्थित महेन्द्र राजमार्गबाट चितवन रामपुर नगरपालिका-१ बस्ने अवि तामाङलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, नुर्फिन १ सय २५ एम्पुल, फेनरागन १ सय ७५ एम्पुल र नाइट्राजेपाम ४८ ट्यावलेट सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख २८४५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई झोलामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ । ।

samajikkhabar.com