samajikkhabar.com

काठमाडौं, १० मंसिर: काठमाडौं महानगरपालिका-३२ कोटेश्वर जडिबुटीबाट अवैध लागूऔषध चरेश १ केजी २ सय ग्राम सहित भक्तपुर गट्ठाघर बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-१० घर भएका २६ वर्षीय शिव प्रसाद ढुङगेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपाबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी ३ सय ९५ ग्राम, अवैध लागूऔषध गाँजा १ सय ६० ग्राम र गाँजाको हरियो बोट ४ वटा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सानेपा बस्ने ३५ वर्षीय साइमन श्रेष्ठ, २२ वर्षीय रुपक तुलाधर र २२ वर्षीय आकाश तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुकुम(पूर्व), भुमे गाउँपालिका-४ धौलापैराबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी २ केजी ५ सय  ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका-३ क्याङ्सी बस्ने २७ वर्षीय तारा रोका र भुमे गाउँपालिका-६ महत बस्ने तिलक पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।     

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका बस्ने साब हुसेन, अमरुदिन मियाँ र पर्सा पोखरिया नगरपालिका-८ बस्ने महमद मुर्तुजा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो वीरगंज पर्साबाट खटिएको प्रहरीले ना.३८ प ४३४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएकाे छ ।

samajikkhabar.com