samajikkhabar.com

ललितपुर, १० मंसिर : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

samajikkhabar.com