samajikkhabar.com

धादिङ, १०मंसिर : सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गजुरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय रामेश्वर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला अदालत धादिङबाट मिति २०७५ वैशाख २५ गतेको फैसलामा उनलाइ सवारी ज्यान मुद्दामा २ वर्ष कैद ठहर भएकाे थियाे तर उनी त्यही समयदेखी फरार रहेकाेमा उनलाई प्रहरीले हिजाे फेला पारी पक्राउ गरेको हो ।


सुवेदीलाई सोमबार जिल्ला अदालत धादिङमा पेश गरिएको थियाे । अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

samajikkhabar.com