samajikkhabar.com

भारतको राजधानी नयाँ दिल्लीको कोठीबाट दुई नेपाली महिलाको उद्धार भएको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाका २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो । माइती नेपालको भारत शाखाले कोठीमा बेच्न लागेको अवस्थामा ति दुई नेपाली महिलाहरुको उद्धार गरेको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।

samajikkhabar.com