samajikkhabar.com

धादिङ ०८ मङ्सिर । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ पचघरेमा आइतबार ४ बजेतिर सवारी दुर्घटना भएको छ । खनियाबास गाउँ पालिका डुन्डुरेबाट धादिङतर्फ आएको ग १ ज ६७५३ नम्बरको यात्रुबाहक बोलेरो जिप दुर्घटना हुदाँ जिपमा सवार सबै घाइते भएका छन् । जसमध्ये ४ जना गम्भीर रहेका छन् । जिपमा करिब १६ जना यात्रु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

साघुरो मोडमा तिब्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइतेहरु सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङ ल्याइएको छ ।

उद्धारका लागि स्थानीय बासिन्दा, धादिङ सोसल भोलिन्टिएर र प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको थप विवरण आउन बाकि छ ।

samajikkhabar.com