samajikkhabar.com

भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी ३० वर्षीया एक महिलाको मुकुण्डोधारी २ जनाको समूहले स्तन काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कपडा धोइरहेकी ती महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर मुकुण्डाधारी भागेको प्रहरिले जानकारि दिएको हो । प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनामा संलग्न समूहको तीव्र रुपमा खोजी भैरहेको प्रहरिले जनाएको छ ।

samajikkhabar.com