samajikkhabar.com

४ मंसिर  सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका-३ देउरालीस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने बारुद १० ग्राम, ४ वटा फलामको रडको टुक्रा र एक थान झोला फेला पारी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।


ईलाका प्रहरी कार्यालय जलविरे र प्रहरी चौकी तेम्बाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । बरामद भएकाे बन्दुक र बारूद बारे एकिन जानकारी नभएकाे र यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएकाे छ ।

samajikkhabar.com