samajikkhabar.com
yeti-Shree_725652619

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा विमान ठोक्‍किएका छन्। पार्किङ गरि राखेको यती एयरलाइन्सको जहाजलाई श्री एयरलाइन्सको जहाजले छुदा सामान्य घटना भएको हो।

विमानस्थलका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्‍किएको बताएको छ । विमानस्थलका अनुसार जहाज ठोक्‍किएको भएपनि मानवीय क्षति भने भएको छैन।जहाजमा सामान्य क्षति मात्र भएको छ।

samajikkhabar.com