samajikkhabar.com
Sukute-accident

दोलखाको मागादेउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

दुर्घटनामा तीन महिने शिशु सहित ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । शैलुङ्गेश्वर यातायात बा२ख ७२४५ नम्बरको को बस सुनकोसी नदीमा खसेको र चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको थियो । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा निधन भएको हो । निधन भएकामध्ये सात जनाको सनाखत भएको छ ।

चेम्जोङका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ, निजकी ६ वर्षीया छोरी शाहीरामी श्रेष्ठ, ३ महिने शिशु शिशन तामाङ, दोलखाकी ५१ वर्षीया रक्तकुमारी रावतको दुर्घटनामा ज्यान गएको छ ।  धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङको उपचारका क्रममा ज्यान गएको छ । 

बाँकी १० जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा ४६ जनाको उद्धार गरिएको थियो । त्यसमध्ये २० जना घाइते छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

samajikkhabar.com