samajikkhabar.com
युवकको गोली हानेर हत्या

रौतहटको ईशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ । मृतकको पहिचान भने हुनसकेको छैन । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन । ईशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । मृतकको साथ बाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

samajikkhabar.com