samajikkhabar.com
sindhupalchowk-accident

सिन्धुपाल्चोकबाट काठमाण्डौँ तर्फ आउँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेकामध्ये ६ जनाको घटनास्थलमै र पाँच जनाको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। ४० सिट क्षमताको बसमा करिब ७० जना यात्रु सवार थिए।

मृतकहरूमा पाँचजना पुरुष, चारजना महिला र दुईजना बालबालिका रहेका छन् ।

बिहान करिब १० बजे इन्द्रावती गाउँपालिकामा बस दुर्घनामा परेको हो । घटनामा करिब ४० जना भन्दा धेरै घाइते भएको अनुमान गरिएको छ।

बस सडकबाट चिप्लिएर करिब ५० मिटर तल झरेको छ। के कारणले त्यस्तो भएको हो भन्ने कुरा स्पष्ट भई सकेको छैन ।

samajikkhabar.com