samajikkhabar.com
dubera-mrityu

दैलेखको दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।

खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखले जनाएको छ । दुबै शव खोलामा डुबेको अवस्थामा भेटिएको जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृतकको शव खोलाबाट निकालेको थियो।

प्रहरीका अनुसार मृतक दुल्लु नगरपालिका–११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

samajikkhabar.com