samajikkhabar.com
sarsawar_jhagda

मेलाको विषयमा दुई स्थानीय टोलवासी बीच झगडा हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ। थप घटना बढ्न नदिन प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

झगडामा १६ जना घाइते भएका छन्। मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो। त्यही विषय बल्झिएर झगडाको रुपमा लिएको स्थानीयहरूले बताए। उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईनउपर कुटपिट भएपछि झगडा झन बढेको थियो।

झगडाबारे जानकारी पाए लगत्तै प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारि दिएको छ । दुई टोलबाट सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए। थप झडप हुन नदिन घटनास्थलमा प्रहरि परिचालन गरिएको छ ।

samajikkhabar.com