samajikkhabar.com
मृत्‍यु

बारामा बुधबार साँझ अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ ।

अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाराको फेटा गाउँपालिका ४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुगेका प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए ।

साँढे चार फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।

samajikkhabar.com