samajikkhabar.com

नेपाल कला परिषदमा कार्तिक २४ देखी ललितकला क्याम्पसबाट चौथो बर्ष सक्काएका विद्यार्थीहरुद्वारा कला प्रस्तुती (The Intertwined Beginners) भई रहेको छ। स्थानमा उपस्थित चित्रकार अनी कलाकारहरुका अनुसार यो उनिहरुको प्रोफेश्नल क्यारीयरको सुरुवात हो।

कहिँ भगवान पशुपतिनाथ मन्दिरको आर्यघाटबाट मृत्‍यु, कहिँ जीवन अनी जीवनका रसहरु, भने कहिँ यो जीवनको परमतत्व अनी सार्थक्ता झल्काउने अत्यन्त प्रखर कलाकृति देख्न सकिन्छ। कार्यक्रममा यस क्षेत्रका विशिष्ट व्यक्तित्वहरु अनी कलाक्षेत्रमा रुची राख्नेहरुको राम्रो आगमन देखिन्छ।

यस प्रदर्शनीमा अभिन्न कृतिहरु प्रस्तुत गरिरहेका एक विद्यार्थी/कलाकार दिपेश तिमल्सिना भन्छन “चित्रकला पैसाको लागि हैन आफ्नो मन भित्रको भावना अनी भावना को गहिराइ झल्काउने कला हो चित्रकला “। कार्यक्रममा इन्स्टलेसन् , फ्युजन, जन्क आर्ट, स्कल्प्चर , कन्सेप्च्वल (installation, fusion, junk art, sculpture, conceptual) जस्ता विभिन्न प्रकारका painting हरुलाई प्रदर्शनीमा राखिएको छ । मन परेको खन्डमा इछुकले सम्बन्धित चित्रकला उचित अनी सम्मानित मुल्यमा किन्न मिल्ने छ।

(adsbygoogle = window.adsbygoogle || []).push({});

कार्यक्रम २८ कार्तिक सम्म सन्चालन हुनेछ।

samajikkhabar.com