samajikkhabar.com

काठमाडौं : उपत्यकामा निषेधाज्ञाकै बीच रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरिएको छ । कोरोना संक्रमणका कारण विभिन्‍न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरेका हुन् । 

ललितपुरको पुल्चोकमा रथ तान्‍नका लागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता छ । 

कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ । 

सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो (बुधबार) मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय हिजो मध्यराति सकिएको हो । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

यो पनि पढ्नुहोस :

सुनको मूल्य घट्यो

भाडा माझिरहेको बेला पछाडिबाट बञ्चरो प्रहार गरी बुहारीको हत्या, जेठाजु पक्राउ

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत

आजको राशिफल : २०७७ भदौ १८ गते बिहीबार

samajikkhabar.com