samajikkhabar.com

७ मंसिर, काठमाडौं । अकुपाई टुँडिखेल अभियानको तेस्रो कार्यक्रम अन्तर्गत शनिबार विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदा प्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो ।

पछिल्लो हप्ता दोस्रो चरणको आन्दोलनको सूचिअनुसार टुँडिखेल भित्र बिरुवा रोपिएको थियो ।

samajikkhabar.com