samajikkhabar.com
haribodhani ekadasi
Tulsi

भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी(हरि जागरणी) एकादशी पर्व आज मनाइँदैछ ।

हरिशयनी एकादशीका दिन मठ मन्दिरमा रोपेको तुलसीलाई आजको दिन विवाह गरिदिने परम्परा चलिआएकाले तुलसी भएको मोठमा कमेरो र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाइन्छ । साथै तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिदै आएको छ ।

haribodhini ekadasi puja
haribodhini ekadasi puja

हरिशयनी एकादशीका दिनमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । आजको दिन बिहानैबाट चोखोनितो गरेर बिष्णु भगवानको पुजा गर्नका निम्ति उपत्यकाको चार नारायण मन्दिर तथा अन्य विष्णुका मन्दिरहरुमा हिन्दुधर्मावलम्बीको बाक्लो भिड रहेको छ ।

samajikkhabar.com